१५ चैत्र २०८०, बिहीबार
Follow Us

रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७९, बुधबार ०४:४४

लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् ।

मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो । युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको छैन । हाल रोनाल्डो कतार विश्वकपको लागि दोहामा छन् ।