८ बैशाख २०८१, शनिबार
Follow Us

एमाले महासचिव पोखरेल पराजित

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७९, बिहीबार ०५:१८

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् । शर्माले नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरिन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।