२६ बैशाख २०८१, बुधबार
Follow Us

कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७९, बिहीबार ०५:२१

रौतहट । रौतहटको गौरमा आगलागी हुदा एकै परिवारको ३ जना बालबालिकाको ज्यान गएको छ भन्ने ३ जना घाइते भएका छन । गएराती कपडा पसलमा आगलागी हुदा रूकसाना खातुन,,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो । गौर नगरपालिका वाड नंं १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बिजुली सटभएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाको थप जानकारी आउन बाँकी छ ।