७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७९, बिहीबार ०८:०८

कास्की । गैरआवासीय नेपाली संघ जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी पोखराको निमार्णधीन भवनमा संघले २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो ।

विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्यरुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी पोखराबीच गतसाता एक सम्झनौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिए । उनले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्षुमन बानियाँ, एनआरएनए अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो ।