८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७९, बिहीबार ०८:०८

काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तरर्गतको पर्यटन प्रर्वधन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) का संयुक्त आयोजनामा आगामी वर्ष नेपाल जाने पर्यटकहरुका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार गत साता भरर्चुअल कार्यक्रममा नेपाल भ्रमण गरिसकेका र आगामी वर्ष भ्रमणको लागि तयारी गरेका पर्यटकबीच छलफल भएको थियो ।

कार्यक्रममा युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) का अध्यक्ष दीपेशमान शाक्य र एनआरएनए पर्यटन प्रर्वधन समितिमा सदस्य कमल भट्टले संयुक्त रुपमा पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मल्टा, आयरल्याण्ड, यूके र स्वीड्जरल्याण्डबाट नेपाल गएर फर्किएका पर्यटक र आगामी वर्ष जाने योजनामा रहेका पर्यटकहरुबीच छलफल भएको संघका प्रवक्ता सोम सापकोटाले जनाकारी दिए ।

युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) को सहकार्यमा आयोजित कार्यक्रममा बेल्जियम, मलेसिया, जर्मन, चीन, इटाली, मल्टा आयरल्याण्ड यूके, स्वीजडरल्याण्ड लगायत १३ देशका पर्यटकहरुले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा इएनसिसिटीका योएएन कोनेलिय, ग्रे फुचस्, जीत रानाभाट लगायतले आफ्नो भनाइहरु राखेका थिए ।

कार्यक्रममा संघका प्रवक्ता सापकोटाले गैरआवासीय नेपाली संघको पर्यटन प्रर्वधन समितिले गरेका गतिविधि माथि प्रकाश पार्दे स्वागत मन्तव्य राखेका थिए ।