१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यादी प्रहरीको बिदाइ

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७९, बिहीबार १४:०४

नुवाकोट । ४० दिने रोजगारीका लागि म्यादी प्रहरी बनेकालाई बिहीबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले कदर तथा प्रशंसा-पत्रसहित बिदाइ गरेको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा एक हजार ५ सय २० जना म्यादी प्रहरीका रूपमा भर्ना गरिएको थियो । नेपाल प्रहरीका जवानले पाएसरहको सेवा-सुविधा पाउने सर्तमा म्यादी प्रहरी बनेका उनीहरूलाई बिदाइ गरिएको हो ।

निर्वाचनका लागि नुवाकोटमा सशस्त्र, सेना, म्यादी र नेपाल प्रहरी गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

नुवाकोटमा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । बिदाइ कार्यक्रममा म्यादी प्रहरीका रूपमा निर्वाचनमा पुर्याएको सहयोगप्रति जिल्ला प्रहरी कार्यालय नुवाकोटले धन्यवाद व्यक्त गरेको छ ।