१३ बैशाख २०८१, बिहीबार
Follow Us

११८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७९, शुक्रबार ०५:०७

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २९ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ । यसैगरी राप्रपा ५ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी र लोसपा २-२ र जसपा ३ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ४७ निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ । बाँकी ५० स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन ।