१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर पराजित

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७९, शुक्रबार ०५:११

महेन्द्रनगर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नेता तारा लामा तामाङ बिजयी बनेका छ्न । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दहाल पत्नि तथा नेपाल सरकारकि पुर्व खानेपानी मन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनकि साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै नेकपा एमालेका नेता तारालामा तामाङ बिजयी बनेका छ्न ।

लामाले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन् । तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरे ।
२०७४ मा प्रदेश सभा सदस्य निर्वाचित हुदै अर्थमन्त्री समेत भईसकेका तामाङ् माओवादी अध्यक्ष प्रचण्डकी बुहारी मगरलाई पराजित गरी प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार खेम सुवेदीले ५३०, जग बहादुर सायरले ६८९, हरीना देवी भट्टले ६७ मत, लोसपाका रामसिन रानाले २७८ मत र नेमकिपाका नन्दा देवी जोशीले ९३ मत प्राप्त गरेका छन् ।

९९ हजार एक सय १० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार दुई सय ३९ मत खसेका थिए । भने ३ हजार ६४१ मत बदर भएका छन् । १० जना उम्मेदवार रहेको उक्त क्षेत्रमा १० जना उम्मेदवार रहेकोमा अरु उम्मेदवारले १ हजार मत कटाउन सकेन् । मगर ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कंचनपुर-१ बाट निर्वाचित भएकी थिइन। उनले खानेपानी मन्त्रालयको नेतृत्व समेत गर्दै आएकी थिइन ।