December 8, 2022
9:29 AM | 3:14 PM
?>
ताजा खबर

ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल

  25/11/2022 मा प्रकाशित

दाेहा । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्‍यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका हुन् । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए, यद्दपी गोल भने हुन सकेन ।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया


?>