६ बैशाख २०८१, बिहीबार
Follow Us

काभ्रे–१ (२) मा ३ मतले तीर्थ लामा विजयी

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७९, शुक्रबार ०५:१४

काठमाडौं । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई ३ मतले पराजित गरेका हुन् ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।