December 8, 2022
8:39 AM | 2:24 PM
?>
ताजा खबर

धनुषा–३ मा एमालेका जुली महतो निर्वाचित

  25/11/2022 मा प्रकाशित

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गर्नुभएको छ भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्नुभएको हो । दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बन्नुभएको थियो । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

प्रतिक्रिया


?>