७ बैशाख २०८१, शुक्रबार
Follow Us

किशोरी बलात्कारकाे आरोपमा एक जना पक्राउ

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७९, शुक्रबार ११:२१

काठमाडौं । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।