१२ बैशाख २०८१, बुधबार
Follow Us

तेह्रथुमबाट कांग्रेस नेत्री गुरुङ विजयी

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७९, शनिबार ०६:३१

तेह्रथुम । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुने एक मात्र महिला हुन् । कांग्रेसले उठाएका ९१ जना उम्मेदवारमध्ये पाँच जना महिला थिए ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उनीहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुमबाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार थिए । मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।