१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नुवाकोट– २ बाट केसी र चितवन–३ बाट पाण्डे निर्वाचित

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७९, शनिबार ०६:३२

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नुवाकोट–२ बाट नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी र चितवन–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् ।

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

उपाध्यक्ष पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई हराउँदै पाण्डे सांसदमा निर्वाचित भएका हुन् । पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् ।