१५ चैत्र २०८०, बिहीबार
Follow Us

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७९, शनिबार ०६:३३

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ का हिमाली भूभागका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ । आइतबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ ।  चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।