१३ बैशाख २०८१, बिहीबार
Follow Us

समानुपातिक मत : एमालेको अग्रता कायमै

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७९, शनिबार ०६:३५

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ९:३० बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ८१ हजार ६ सय २३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १७ लाख १८ हजार ७ सय ३ मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ८० हजार पाँच सय ४ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म ७ लाख ५७ हजार ५ सय ९२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ लाख ९७ हजार ४ सय ५०, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख १६ हजार १ सय ५२, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ६० हजार ७ सय ३ र नागरिक उन्मुक्ति पार्टीले १ लाख ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।