१३ बैशाख २०८१, बिहीबार
Follow Us

रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७९, आईतवार ०५:३४

रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् ।  तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए । तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।