१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पिएनओलाई एनआरएनएको जस्तै परिचयपत्र दिन प्रधानमन्त्री देउवा सकरात्मक

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७९, आईतवार १४:२८

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध सकरात्मक भएका छन् ।
गैरआवासीय नेपाली संघका एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलको नेतृत्वमा आइतवार बालुवाटर पुगेको संघको प्रतिनिधिमण्डलसंग देउवाले पिएनओलाई परिचयपत्र दिन सकिने धारणा राखेका हुन् ।
देउवाले संविधानको भावना अनुरुप उनीहरुका माग सम्बोधन गर्न सकिने बताए । देउवाले नयाँ सरकार गठन भए पछि पहल गर्ने बताए। यसअघि गत संसदमा नेकपा एमाले सांसद डा. सूर्य प्रसाद पाठकले विशेष समय लिएर संसदमा बोल्दै उनीहरुलाई परिचय पत्र दिन माग गरेका थिए ।

दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तजहरु बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गए नेपालीहरुले परिचयपत्रको माग गरेका छन् ।

उनीहरुको नागरिकताको परिचयपत्रमा गोरखा नेपाली लेखिएको छ ।