१३ बैशाख २०८१, बिहीबार
Follow Us

मगर संघ प्लमस्टिडको अध्यक्षमा दलप्रसाद थापा

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७९, आईतवार १९:५६

लन्डन । मगर संघ प्लमस्टिडमा नयां नेतृत्व चयन भएको छ । २६ नोभेम्बर उलवीचको रोयल आर्टीलरी ब्यारेक्समा सम्पन्न शाखाको अधिवेशनले दलप्रसाद थापा मगरको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।

शाखाको उपाध्यक्षमा खर्कबहादुर पुन मगर, सचिव चेतबहादुर राना मगर, सहसचिव रुपबहादुर रानामगर, कोषाध्यक्ष यमबहादुर थापामगर र सहकोषाध्यक्षमा केशव रानामगर चुनिएका छन् ।

त्यसैगरि, सदस्यहरुमा बरमान रोकामगर, जीतबहादुर थापामगर, वीरमाया पुनमगर, चित्र रानामगर, टुकमाया थापामगर, हिरा रानामगर, तीर्थकुमार थापामगर, सावित्रा थापामगर, भुवनी थापामगर, देवेन्द्र थापामगर, भिम बुराढोकीमगर, अन्जली पुनमगर, अस्मिता थापामगर, गजेन्द्र पुनमगर, दिलमाया थापामगर, कोमलादेवी थापामगर, नारायण थापामगर र जीतपानी रानामगर छन् ।

प्रमुख निर्वाचन आयुक्त विषन थापा एवं धनबहादुर थापा र केशबहादुर आले सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको हो । पर्यवेक्षक र प्रमुख अतिथीका रुपमा मगर संघ यूके अध्यक्ष सिता पुन उपस्थित थिइन् ।

केन्द्रिय अध्यक्ष सिता पुन र महासचिव गुमानसिंह थापाले नयां कार्यसमितिलाई बधाइ दिंदै सफल कार्यकालको शुभकामना दिएका छन् ।