१५ चैत्र २०८०, बिहीबार
Follow Us

कतार विश्वकप : आज चार खेल हुँदै

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७९, शुक्रबार ०४:५१

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरू हुँदैछन् । विश्वकपमा शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरू हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ । अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया १ अङ्कसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ । यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुवै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ । यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।