१६ चैत्र २०८०, शुक्रबार
Follow Us

 तस्बिरमा हेर्नुहोस ‘मिसेस् नेपाल युनिभर्स’ मा भाग लिएका १४ विवाहित युवतीहरु !  

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७९, शुक्रबार २०:२३

बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्ने

लण्डन । बेलायतमा आयोजनामा हुँदै गरेको ‘मिसेस् नेपाल युनिभर्स’ यो वर्षको सुन्दरी प्रतियोगितामा १४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुने भएको छ । लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठका अनुसार सो प्रतिस्पर्धामा १४ युवतीहरु सहभागी छन् । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आउंदो ४ डिसेम्बर अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

सुन्दरीहरुमा बिनिता बस्नेत, रिना अधिकारी, सन्नी शाही, विनिता अधिकारी खनाल, शविता श्रेष्ठ, विमला बुढाथोकी, मिनु शाह, अन्जु बस्नेत, हिना थापा, प्रमिला केसी, निश्मा बन, श्रीजा डंगोल, कविता खनाल र शोभा क्षेत्री लगायत छन् । प्रतियोगीताको तैयारी र अन्य व्यवस्थापकिय कामहरु अहिले चलिरहेको छ । मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् ।

विभिन्न विद्यामा प्रतिष्पर्धा गराइने उक्त प्रतियोगिता निष्पक्ष बनाउन प्रतियोगिताका निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने लन्डन फेसन हाउसले जनाएको छ ।