७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्?

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७९, शुक्रबार २१:४६

फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्। अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १-० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३-२ गोलको जित निकाल्यो। अन्तिम १६ मा युरोपबाट ८ टिम पुगे। एसियाबाट ३ तीनले अन्तिम १६ मा स्थान बनाए।

यस्तै अफ्रिका र दक्षिण अमेरिकाबाट २-२ टिमले अन्तिम १६ मा स्थान बनाए। उत्तर अमेरिकाबाट १ टिम अन्तिम १६ मा पुग्यो। अब शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्। शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्।


अन्तिम १६ का खेल

नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड