७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए १५ औं युरोपेली सम्मेलनको तयारी बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७९, आईतवार ००:०८

लण्डन् । आगामी मे महिनामा चेक रिपब्लिकनमा हुने गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनको तयारीको लागि बैठक सम्पन्न भएको छ ।

एनआरएनएका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार शनिवार क्षेत्रीय पदाधिकारीहरुको बैठकले स्वीडेनमा सम्पन्न १४ औं क्षेत्रीय सम्मेलनको समिक्षा गर्दै १५ औं क्षेत्रीय सम्मेलनको तयारीको शुरुवात गरेको हो ।
बैठकले युरोप क्षेत्रमा पछिल्लो समयमा अलपत्र परेका शवहरुको व्यवस्थापनको लागि एक आपतकालिन कोष स्थापना गर्ने निर्णय गरेको छ । भट्टराईका अनुसार १४ औं क्षेत्रीय सम्मेलनबाट बचेको तीन हजार यूरोप नेपालीको शव व्यवस्थापनको लागि एनआरएनए माल्टालाई सहयोग गर्ने निर्णय भएको छ ।

बैठकले शव व्यवस्थापनको समस्यालाई समाधान गर्नको लागि दिर्घकालीन तथा अल्पकालीन नीतिहरु तय गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल सरकार, विदेशस्थित नेपाली दूतावास लगायत संघ छलफल गरि समस्याको समाधान निकाल्ने समेत निर्णय गरेको छ । बैठकमा संघका पदाधिकारी तथा एनसीसीका अध्यक्षको उपस्थिती थियो ।