१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडको ५.२६ प्रतिशत लाभांश वितरण प्रस्ताव

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७९, आईतवार ०५:२८

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । १६ मंसिर शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आगामी २० पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि ५ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार ४ पुससम्म कायम सेयधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्ने तथा साधारणसभामा सहभागी हुन सक्नेछन् ।