१३ बैशाख २०८१, बिहीबार
Follow Us

अर्जुनसँगको विवाहबारे मलाइका चिन्तित

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७९, बिहीबार ०८:१६

मुम्बई । दुई वर्ष अघि नै विवाहको तयारीमा जुटेकी बलिउड अभिनेत्री मलाईका अरोरा खानको अहिलेसम्म पनि विवाह भएको छैन । उनी अभिनेता अर्जुन कपुरसँग केही वर्ष यताबाट ‘लिभिङ टुगेदर’मा छिन् ।

अहिले यी अभिनेत्री आफ्नो शो ‘मुभिङ इन विथ मलाइका’का कारण चर्चामा छिन् । यो चर्चासँगै विवाहको प्रश्नले उनलाई सताउन थालेको छ । आफ्नो विवाहको बारेमा बजारमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले यसको अहिले ढाकछोप गर्नु परेको छ । तथापि उनले फराह खानसँगको कुराकानीमा आफु र अर्जुन कपुरको सम्बन्ध र विवाहको बारेमा धेरै कुरा खोलेकी छिन् । अर्जुन कपुरसँगको विवाहबारे आफू के सोचिरहेको भन्नेबारे पनि उनले बोलेकी छिन् ।

कार्यक्रममा मलाइका अरोराले भनिन्,‘अर्जुन कपूरले मलाई सधैं राम्रो सल्लाह दिन्छन् । उनीसँग विवाह गर्ने बारे म योजनामै छु ।’

आफुहरुले विवाह गर्नु पर्छ भन्नेबारे छोरा अरहानले पनि साथ र सल्लाह दिएको यी अभिनेत्रीको भनाई छ । फराह खानले मलाइका अरोरालाई आफ्नो पार्टनरको उमेरका कारण विगतमा ट्रोल भएको बताइन् । मलाइका अरोराले पनि यस विषयमा आफ्नो धारणा राखेकी छिन् ।

‘यदि कुनै पुरुषले आफूभन्दा २० वर्ष कान्छी केटीसँग बिहे गर्छ भने आफूलाई राजा जस्तो महसुस गर्छन ।’ मलाइका अरोराले यो पनि भनिन्,‘कि उनी आफ्नो उमेरलाई लिएर पहिला ट्रोल भएको थिए, तर यो उनको लागि सजिलो थिएन।’

मलाइका अरोराले अर्जुन कपुरसँगको सम्बन्धलाई लिएर आफू गम्भीर रहेको बताएकी छिन्,‘मलाई लाग्छ, अर्जुन निकै राम्रो र असल मान्छे भएकाले म उनलाई छाड्ने चाहँदिन ।’ मलाइका अरोराले पनि आफ्नो लागि खुसी बढी महत्वपूर्ण भएको र अर्जुनले एकअर्कालाई खुसी राखेको स्वीकार गरिन् ।