८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसमा शसक्त बन्दै गगन थापाको तेस्रोधार (भिडियो)

नेपालब्रिटेन डट कम्
२ पुष २०७९, शनिबार ०४:०२

कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ । ३ पुसमा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ । कांग्रेस संसदीय दलको नेता चयनस“गै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ ।

संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ । कांग्रेस संसदीय दलको नेताका लागि ६ जना आकांक्षी छन् । संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्थाका कारण कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा शेखर कोइराला, डा. शशांक कोइराला र प्रकाशमान सिंहले दलको नेता बन्ने चाहना राखेका छन् । इतर पक्षबाट थापालाई रोक्न युवा नेताहरुनै लागे पछि थापा भने पछि नह्ने मनस्थितीमा छन् । कोइरालाले गगनलाई रोकेर अप्रत्यक्ष रुपमा देउवालाई सहयोग गर्न लागेको आसंका गरिएको छ । त्यस्तो अवस्थामा महामन्त्रीद्धयको तेस्रो शसक्त धार जन्मिने आकलन गरिएको छ ।

सभापति देउवाले समानान्तर रूपमा सरकार गठनलाई समेत अगाडि बढाइरहेका छन् । यसका लागि निर्वाचित सांसदलाई देउवाले बालुवाटारमा भेटघाट गरिरहेका छन् ।