१९ बैशाख २०८१, बुधबार
Follow Us

पन्चायती निर्वाचनमै विदेशमा बस्ने नेपालीले मतदान गरेका थिए !

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार ०२:१२

काठमाण्डौं । तत्कालिन पन्चायती सरकारकै पालामा विदेशमा बस्ने नेपालीहरुले आम निर्वाचनमा माग लिएको खुलासा भएको छ ।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्नो फेसबुक टाइमलाइन मार्फत २०२८ सालको राष्ट्रीय पन्चायत निर्वाचनमा विदेशमा बस्ने नेपालीले मतदानमा माग लिएको उल्लेख गरेका छन् ।

तत्किालन सरकारले वासिङ्टन डीसी, कायरो, रंगुन, पेकिङ, मस्को, नयाँदिल्ली, टोकियो, इस्लामावाद, बोन, लन्डन, पेरिस, ब्यांकक, ढाका, न्यूयोर्क र कलकत्ता सहित १५ ठॉउमा मतदान केन्द्र राखिएको थियो ।

लामिछानेको फेसबुक स्ट्याटस जस्ताको तस्तै
बिदेशमा बस्ने नेपालीले बिदेशबाट मतदान गर्न पाउनु पर्छ भनेर सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिदा पनि यो कार्यान्वयन गराउन सरकार र दलहरु उदासीन छन् तर सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ ।
आजभन्दा ५० बर्ष अघि नै पन्चायतकालमा राष्ट्रीय पन्चायतको स्नातक निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताहरुलाई समेत मतदानको व्यवस्था गरिएको थियो । विश्वका विभिन्न देशमा रहेका नेपाली स्नातकहरुले आफूलाई पायक पर्ने मुलुकमा राखिएका मतदानस्थलमा पुगेर मतदान गर्न सक्थे । ती मतहरु नेपाल पठाएर गणना भएपछि मात्र अन्तिम मत परिणाम सार्वजनिक गरिन्थ्यो ।
२०२८ सालको राष्ट्रीय पन्चायत निर्वाचनमा वासिङ्टन डीसी, कायरो, रंगुन, पेकिङ, मस्को, नयाँदिल्ली, टोकियो, इस्लामावाद, बोन, लन्डन, पेरिस, ब्यांकक, ढाका, न्यूयोर्क र कलकत्ता सहित १५ ठॉउमा मतदान केन्द्र राखिएको इतिहास पाइयो ।