१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शुरुवात भएको २ वर्ष पछि मन्त्री बोलाएर ‘एनआरएन अनलाइन भुक्तानी सेवा’ को उद्धघाटनको तयारी

नेपालब्रिटेन डट कम्
९ पुष २०७९, शनिबार १९:३०

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रका वेतिथिहरु समालिदै जानुको सट्टा झनझन मौलाउदै गएका छन् । संघको १० औं महाधिवेशन पछि तीन जना अध्यक्षले नेतृत्व समाले पछि संस्थाभित्रका विकृती हट्नुको सट्टा पदाधिकारी पिच्छै फरक फरक विसंगती थपिदै गएको देखिएको छ ।

यस्तै विकृतिकाबीच दुई वर्ष पहिला संचालनमा आएको अनलाइन पेमेन्ट गेट वे (एनआरएनए इलोक्ट्रोनिक पेमेन्ट सिस्टम) को आइतवार उद्धघाटनको कार्यक्रमतय गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार तत्कालिन कोषाध्यक्ष महेश श्रेष्ठको सकृयतामा सो सेवा अप्रील २०२० देखीनै अनलाइन पेमेन्ट स्टिम (रेस्पेक्ट एण्ड राइज) एप्लिकेशन संचालन गरेर स्मार्ट एनआरएनए अन्तरगर्त कोभिड पिडितको लागि ५० लाख भन्दा बढी सहयोग संकलन गरिएको थियो ।

तर गैरआवासीय नेपाली संघको ट्रेजरी समूहले भर्खरै शुरुवात गरेको भन्दै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई गलत ब्रिफिङ गरेर ‘डिजिटल फन्डिङ्ग प्रवाह, सार्थक सहयोग’ को कार्यक्रमको उद्धघानको तयारी गरेको हो ।

यसअघि अनलाइन मार्फत सहयोग गर्ने देशहरु

संघले यसअघि एनआरएन मोबाइल ब्लड वसको लागि समेत अनलाइन मार्फत क्राउण्ड फन्डिङ्ग संकलन गरिएको थियो ।

एनआरएनए एक उच्च पदाधिकारीले भने’दुई वर्षअघि शुरु भएको कामलाई अहिले मन्त्री बोलाएर उद्धघाटन गर्नुको कुनै औचित्य छैन् । यो मन्त्री पदको दुरुपयोग हो । नयाँ केही काम गरेको भए मन्त्रीलाई बोलाउने हो, पहुँच छ भन्दैमा जहाँपायो त्यही मन्त्री बोलाउने प्रचलन राम्रो होइन् ।’

स्मार्ट एनआरएनए अन्तरर्गतनै शुरु भएको थियो अनलाइन सेवा

सो अवसर पारेर गैरआवासीय नेपाली संघ क्यानाडाले घुम्ति रगत बस परियोजना बारे छलफल तथा मनोरंजन कार्यक्रम गर्ने भएको छ। आइतवार नेपाली समय अनुसार साँझ ५ बजे पछि शुरु हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्षहरु लगायत धरान नगरपालिकाका मेयर हर्क साम्पाङ र गायक धिरज राईलाई आमन्त्रण गरिएको छ ।

 

कोभिड पिडिटको लागि अनलाइन मार्फत संकलित रकम