१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आफ्नो प्रदेशमा ब्लड बस सेवाको लागि कसरी सहयोग गर्ने ?

नेपालब्रिटेन डट कम्
९ पुष २०७९, शनिबार २२:१२

लण्डन् । गैरआवासीय नेपाली संघले “एक प्रदेश, एक घुम्ती परियोजना” अन्तर्गत थप तीन प्रदेशमा घुम्ति ब्लड बस प्रदान गर्ने भएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले आगामी दिनमा प्रदेश १, लुम्बिनी र मधेश प्रदेशमा थप तीन वटा बस सहयोग गर्न लागेको हो ।

संघले एक सार्वजनिक सूचना जारी गर्दै अनलाइन मार्फत सहयोग गर्न अपील गरेको छ ।

गैरआवासीय नेपाली संघको “एक प्रदेश, एक घुम्ती परियोजना” अन्तर्गत पहिलो बस बागमती प्रदेशको भरतपुर क्षेत्रीय रक्तसंचार सेवा र दोश्रो बस सुदुरपश्चिम प्रदेशको प्रादेशिक रक्तसंचार धनगढीलाई हस्तान्तरण गरिसकेको आवगत नै छ । यसै परियोजना अन्तर्गत प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको रक्तसंचार सेवाहरुलाई दिने निर्णय गरिसकेको र सो को लागि आर्थिक सहयोग संकलन कार्य भईरहेको सहर्ष जानकारी गराउँदछौं ।

प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा संचालन गर्न लागिएको यो मानव कल्याणकारी अभियान हो । यस घुम्ती रगत बस भित्र चेकअप, रगत जम्मा गर्ने र इमरजेन्सी सम्बन्धी सुविधाहरु रहेको छ । यो परियोजना सम्पन्नको लागि करीब दुई करोड १० लाख नेपाली रुपैया लाग्ने अनुमान गरिएको छ । रक्तसंचारलाई सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाउन यस परियोजनाले टेवा पुर्याउने छ । यस किसिमको सेवाको विस्तार नेपालको अन्य बाकी प्रदेशहरुमा पनि गरिने योजना रहेको छ ।

यस अभियानलाई सफल बनाउनको लागि तपाईको सहयोग अपरिहार्य रहेको छ । सक्दो आर्थिक सहयोग तलको अनलाईन लिंकहरुबाट वा खातामा जम्मा गरिदिइ सहयोग गरिदन हुनको लागि हार्दिक अनुरोध गर्दछौ ।

कार्डबाट पेमेन्ट गर्नक लागि:

प्रदेश नं १: https://bit.ly/3WfDqoa

मधेश प्रदेश: https://bit.ly/3WxwL8i

लुम्बिनी प्रदेश: https://bit.ly/3PNgABJ


बैंकबाट पैसा पठाउनको लागि

Account Name: NRNA Blood Transfusion System Fund

Accont No. 024010010000471

Swift: SNMANPKA

Bank: Sanima Bank Limited, Naxal, Kathmandu.