१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए १५ औं यूरोप क्षेत्रीय सम्मेलन मे ६ र ७ तारिख हुने

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार ०९:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलन मे महिनाको पहिलो साता हुने भएको छ ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरुको उपस्थितीमा गत सोमवार परागमा बसेको बैठकले सो सम्मेलन मे ६ र ७ तारिख चेक रिपब्लिकामा गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको छ ।

सो सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्धाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीहरुले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका प्रवक्ता उत्तम आचार्यले बुधवार एक विज्ञप्ति जारी गर्दै सो सम्मेलनको तयारीको लागि आवश्यक गृहकार्य शुरु भैसकेको बताएका छन् । सम्मेलनमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकार, संघका पूर्वअध्यक्षहरु, संस्थापकहरुको उपस्थिती रहने अपेक्षा गरिएको छ ।