१५ चैत्र २०८०, बिहीबार
Follow Us

आजदेखि ‘अंग्रजी नयाँ वर्ष २०२३’ सुरू

नेपालब्रिटेन डट कम्
१७ पुष २०७९, आईतवार ०३:००

लण्डन । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।