१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रोमानियामा ६ जना नेपाली बन्धक !

नेपालब्रिटेन डट कम्
१७ पुष २०७९, आईतवार १९:५४

लण्डन् । ६ महिना अघि वैदेशिक रोजगारीको शिलसिलामा रोमानिया पुगेका ६ जना नेपालीहरु बन्धकमा परेका छन् ।

रोमानियाको बुकारेस्टमा बन्धक हुनेमा कैलालीका लक्ष्मण सुवेदी, दिपक बम, सागर धमला, बिर बहादुर घर्ती र बुटवलका डर बहादुर पुन रहेका छन् । उनीहरुलाई कैलाली घर भएका युवराज उपाध्याले एक रोजगार कम्पनी मार्फत रोमानिया पुराएका थिए ।

उनीहरुले काम पाउनु त परैको कुरा हो खानबस्न समेत समस्या रहेको बताइएको छ । उनीहरुले २ महिना बेकरीमा काम गरे पनि काम गर्ने कागजात नभएको भन्दै कम्पनीले निकाला गरेको थियो ।

उनीहरुले काम गर्ने कम्पनीलाई प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको बताएका छन् । पिडित मध्येका एक दिपेन्द्र बिष्टले उपाध्याले दुई लाख रुपैयाँ खाएर आफुलाई त्यहाँ लगिएको बताए । उपाध्याय अहिले फरार रहेको बताइएको छ । कम्पनीले कानून बमोजिम उनीहरुलाई त्यहाँ पठाईएको दावी गरेको छ ।