१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए ११ औं महाधिवेशनः कोरियामा जुलाई पहिलो साता निर्वाचन

नेपालब्रिटेन डट कम्
१८ पुष २०७९, सोमबार ०३:३७

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौं महाअधिवेशन अंग्रेजी बर्षको जुलाई २ मा हुने भएको छ।

२०२२ डिसेम्बर १८ मा बसेको एनआरएनए कार्यासमिति बैठेकले २०२३ जुलाई २ मा नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो। नयाँ नेतृत्वको लागि निर्वाचन

बैठकको उक्त निर्णयसंगै एनआरएनए दक्षिण कोरियाले महाधिवेशनको तयारी स्वरूप नयाँ सदस्यता खोल्ने तयारी लगाएत सम्पूर्ण प्रक्रियाको मापदण्ड तथा मितिहरू तोक्ने कार्य पनि सोहि बैठक मार्फत गरेको छ।

यस विषयमा आफ्नो सरोकारवालाहरुलाई जानकारी दिने उद्देस्य सहित गत डिसेम्बर ३१ मा जुम मार्फत नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सहजीकरणमा एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशन सम्बन्धि पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो।

एनआरएनए कोरियाको नवौं राष्ट्रिय महाधिवेशन निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नयाँ सदस्यता सम्बन्धि प्रक्रियाले महत्वोपुर्ण भुमिका खेल्दै आएको छ। यसै कुरालाई ध्यानमा राखी नयाँ सदस्यता दर्ता प्रक्रियालाई सहज र निष्पक्ष बनाउन एनआरएनए कोरियाले ३ सदस्यीय प्रमाणीकरण समिति बनाएको छ।

समितिको अध्यक्ष, एनआरएनए कोरिया अध्यक्ष दिपक पुन, कार्यालय सचीव बाबुकाजी श्रेष्ठ र एक जना निर्णय हुन बाँकी रहेको जनाइएको छ।

यस्तै पर्यवेक्षण समितिमा एनआरएनए कोरियाका आईसीसी सदस्यबाट डा. विमल सुवेदी र सोम तामाङ रहेका छन् भने पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष कृष्ण प्रसाद गौतम रहने गरि निर्माण गरिएको छ।

जसमा प्रमाणीकरण समितिले सदस्यता प्रमाणित गर्न पाउने तथा नया सदस्यता दर्ता प्रक्रियामा केहि प्रक्रियागत तथा नीतिगत समस्य देखिएको खण्डमा पर्यवेक्षण समितिले उक्त समस्याउपर छानबिन गरि प्रमाणीकरण समितिलाई छानबिन तथा समिक्षा गर्न निर्देशन दिने गरि गठन गरिएको छ ।

नयाँ सदस्यता दर्ता प्रक्रियामा विगतका दिनहरुमा भोगेका समस्यालाई आउन नदिन तथा नयाँ सदस्य बन्न चाहने व्यक्तिको हकहितको संरक्षण गर्न एनआरएनए कोरियाले नयाँ सदस्यता दर्ता प्रक्रियामा सदस्य प्रमाणीकरण मापदण्ड निर्धारण गरेको छ।

जस अन्तर्गत विदेशी दर्ता कार्डको दुरुपयोग रोक्न निमित्त उक्त कार्डको अगाडिको भागमा जन्म मितिको भाग बाहेकको भाग छोपेर अथवा जन्म मितिको भाग मात्र राखिने छ। साथै, कार्डको पछाडिको भागमा भिसा सहित रहने गरि बैठकले निर्णय गरेको छ। ।

यस्तै, कार्ड नभएको अथवा कार्ड सम्बन्धि सर्त पुरा नहुने खण्डमा प्रमाणीकरणको लागि माग भएको ब्यक्तिगत जानकारी दिनु पर्ने अथवा एनआरएनए दक्षिण कोरियाको कार्यालय भ्रमण गरि अनुमोदन गर्नु पर्ने निर्णय गरेको छ ।

साथै नयाँ सदस्यता दर्ता प्रक्रियामा कसैको दाबी, बिरोध भएको खण्डमा उक्त सदस्य माथि दाबी,बिरोध गर्न १ हप्ताको समय दिने र कुनै सदस्य माथि दाबीबिरोध परेको खण्डमा ब्यक्तिगत जानकारी मगाई अनुमोदन गरिने एनआरएनए कोरियाका प्रवक्ता सन्तोष खड्काले जानकारी दिए।

ब्यक्तिगत जानकारी समयमा उपलब्ध नभएको खण्डमा अथवा अनुमोदन गर्ने क्रममा नया सदस्य प्रमाणीकरण मापदण्ड नपुगेको ठहर भएमा सदस्यता रद्ध गर्ने निर्णय भएको छ ।

एनआरएनए कोरियाको नयाँ सदस्यताको निवेदन दिन योग्य हुनको निमित्त कम्तिमा कोरिया आएको मितिले १८० दिन काटेको हुनुपर्ने निर्णय भएको खड्काले बताए।