१३ बैशाख २०८१, बिहीबार
Follow Us

सन् २०२२ लाई विर्सेर नयां वर्ष २०२३ सम्झनलायक बनाउने एनआरएनए नेताहरुको प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
१९ पुष २०७९, मंगलवार ०८:२३

लण्डन । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले सन् २०२२ संस्थाका मुद्धाहरुमा कोषेढुंगा सावित भएको बताउनु भएको छ । उहाँले नववर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघले यस अघि देखी उठाउदै आएको गैरआवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा कोष, विदेशमा बस्ने नेपालीको मताधिकार लगायतका मुद्धामा महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघले उठाउदै आएका अधिकांस मागहरु सन् २०२३ मा पुरा हुने अवस्थामा रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले पछिल्लो समयमा धेरै नीतिगत सुधार गरेको बताउँदै सरकारको निर्णयले संघलाई उत्साहित बनाएको बताउनुभयो ।

करिब २० देशका गैरआवासीय नेपालीहरुको उपस्थितीमा भरर्चुअल मार्फत भएको कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संस्थागत रुपमा सन् २०२२ विर्सन लाएक भएको भन्दै गतवर्षको गल्तीहरुबाट सिकेर आगामी वर्षमा अघि बढ्न सुझाव दिनुभयो

संघकी महिला उपाध्यक्ष यसमिन वेगम सैयदले शुभकामना दिदैं संघको अभियानमा नयाँ वर्ष महत्वपूर्ण रहने बताउनुभयो ।

गायक नविन पौडेलको विषेश प्रस्तुती रहेको कार्यक्रममा संघका महासचिव डा. केशव पौडेलले आगामी वर्षमा संस्थालाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

गजलकार सुभद्रा ढकाल, हास्यकलाकारद्धय जितु नेपाल र संदिप क्षेत्रको प्रस्तुती रहेको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरु, एनसिसिका पदाधिकारीज्यूहरु, संघका अभियन्ताज्यूहरु, संचारकर्मीहरु दिलभूषण पाठक, भूषण दाहाल, राजकुमार थापा लगायतले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिनु भएको थियो

कार्यक्रमको संचालन संघका महासचिव रामशरण सिंखडा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय संयोजक पारस मणी पोखरले गर्नु भएको थियो ।