८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायत सरकारले न्यून आय भएकालाई नगद सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१९ पुष २०७९, मंगलवार १६:०९

एजेन्सी । काठमाडौं । बेलायत सरकारले न्यून आय भएका परिवारका लागि नगद सहयोगको घोषणा गरेको छ ।

न्युन आय भएका लाखौं परिवारका लागि बेलायत सरकारले वार्षिक निवृत्तिभरणको व्यवस्था गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

बेलायतको निवृत्तिभरण विभागका अनुसार न्युन आय भएका परिवारले वार्षिक ९ सय पाउण्ड पाउने छन् । विभागले विज्ञप्ति जारी गर्दै तीन पटकमा भुक्तानी हुने र रकम सिधै दावीकर्ताहरुको बैंक खातामा जाने पनि उल्लेख गरेको छ ।

६० लाख बढी अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै १ सय ५० पाउण्ड र ८० लाखभन्दा बढी निवृत्तिभरण ग्रहण गर्नेहरूका लागि ३ सय पाउण्ड छुट्टै रहने विभागले जनाएको छ ।

बेलायतमा चुनौतीपूर्ण बनेको आर्थिक वातावरणका बीच सरकारको सो व्यवस्थाले सर्वसाधारणलाई केही राहत हुने अपेक्षा गरिएको छ ।