१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा दिभास फाउन्डेसनको स्थापना

नेपालब्रिटेन डट कम्
२२ पुष २०७९, शुक्रबार ०८:१९

अमेरिका- अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवि दिदिबहिनीहरुले दिभास फाउन्डेसन नामक सस्था गठन गरेका छन। नयाँ बर्ष कै दिनमा लक्ष्यित गरेर उक्त सस्था गठन गरिएको छ। यस सस्थाको मुख्य उधेस्य दुखमा परेका महिलाहरुलाइ सहयोग गर्न को लागि रहेको सो सस्थाकि सस्थापक बिनिमा सुबेदिले बताएकी छिन।

उनिका अनुसार जति सक्दो धेरै महिलाहरु लाइ समेटेर महिला स-शक्तिकरण, सिप मुलक तालिमको ब्यबस्था, रोजगारीको सिर्जना, दुख पाएका लाइ सहयोग गर्ने, नेपालबाट अध्यनको लागि आउने चेलीबेटी लाइ सके सम्म सहयोग गर्ने रहेको सुबेदी ले बताएकी छिन।

भर्खरै मात्र गठन गरिएको यो सस्थाकि अध्यक्ष लक्ष्मी भण्डारी राना रहेकी छिन भने उपाध्यक्षमा बिर्ति रिसाल, कोषाध्यक्षमा बिनिमा सुबेदि, सचीवमा मिता कार्की र सह सचीवमा अजिता कडेल रहेका छन।२४ जनाको सदस्यबाट सुरु गरिएको यो सस्था आगामी २ बर्षमा २४०० पुर्याउने लक्ष्य रहेको बिनिमा सुबेदि ले जानकारी दिएकी छिन।

हरेक २ बर्षमा नयाँ पधाधिकारी को चयन हुने यो सस्था को बिधानमा उल्लेख गरिएको छ। बिदेशमा रहेर पनि नेपालको धर्म र सास्कृती लाइ जोगाउने र आफ्ना बाल बालिकालाई नेपाली कल्चर सिकाउने, दुखमा परेका महिला दिदिबहिनी लाई सक्दो सहयोग गर्ने अभिप्रायले खोलिएको सस्थाप्रति धेरै महिलाहरु आशावादी रहेको यस सस्था की अध्यक्ष लक्ष्मी भण्डारीले बताएकी छिन।