१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए यूकेको सदस्यता वितरण खुल्यो, ‘स्मार्ट एनआरएन’ एप बाट सदस्यता लिन सकिने

नेपालब्रिटेन डट कम्
२४ पुष २०७९, आईतवार २०:३३

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता वितरण शुरु गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले आइतवार लण्डनमा आयोजित अन्तरक्रिया कार्यक्रमकाबीच एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) को उद्धघाटन गरे ।

आगामी जुलाई महिनामा हुने अपेक्षा गरिएको संघको नयां नेतृत्वको लागि उम्मेदवार बन्न र मतदान गर्न अनिवार्य रुपमा संघको सदस्यता लिनु पर्ने प्रावधान रहेको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष शुनिल खड्काका अनुसार संघका कार्यसमितिको बैठकले निर्वाचन, समिति र सदस्यता वितरणको अन्तिम मितिको टुंगो लगाउने छ ।

गैरआवासीय नेपाली संघ यूकेमा यसअघि ११ हजार तीन सय जनाले साधारण सदस्यता लिएका थिए । नयां सदस्य बन्नको लागि फेसभेरिफिकेशन अनिवार्य गरिएको छ ।

कसरी बन्न सकिन्न सदस्य, यो भिडियो हुर्नुहोस् ।