११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेसका महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ०५:४३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत दुई सातादेखि काठमाडौंको चाबेलस्थित ओम अस्पतालमा उपचार गराइरहेका कोइरालाको स्वास्थ्य सामान्य भएपछि आज डिस्चार्ज भएका हुन् ।कोइरालामा देखिएको निमोनिया निको भएकाले आज डिस्चार्ज गरिएको उपचारमा संलग्न डाक्टर लव जोशीले जानकारी दिए । कोइरालालाई चिकित्सकहरुले करीब दुई साता घरमै आराम गर्नपनि सुझाव दिएका छन् । दुई साताअघि पेटमा गडबडी देखिएपछि कोइराला अस्पताल भर्ना भएका थिए ।