१४ बैशाख २०८१, शुक्रबार
Follow Us

के हो एनआरएनएको ‘पढ्दै कमाउदै’ परियोजना ?

नेपालब्रिटेन डट कम्
२६ पुष २०७९, मंगलवार १९:४५

लण्डन् । गैरआवासीय नेपाली संघले ‘पढ्दै कमाउदै’ परियोजनाको अवधारणा ल्याएको छ ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार देशका युवा शक्ति विदेशिने बढ्दो क्रमलाई रोक्ने एउटा बलियो आधार देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले सो अवधारण ल्याइएको हो ।

एनआरएनएले शुरु गर्न लागेको ‘पढ्दै कमाउदै’ परियोजनाको मूल उद्धेश्य विद्यालय स्तरबाट व्यावसायिक शिक्षाको शुरुवात गरी विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनु हो ।

यो परियोजना हिमाली, पहाडी र तराई मधेशका ५ वटा जिल्लामा क्रमश: शुरु गर्ने लक्ष लिईएको छ ।

बढ्दो शैक्षिक बेरोजगारी र ब्यबहारिक शिक्षा बिनाको पढाईले आत्मनिर्भरता कमहुंदै गैरहको परिप्रेक्षमा संघले “पढ्दै कमाउदै कार्यक्रम” शुरुवात गर्ने जमर्को गरेको हो ।

सो परियोजना लागू भए पछि परापूर्व काल देखिनै कृषि पेशामा रहेका र अझै पनि कृषिलाई व्यवसायको रूपमा विकाश गर्न सके देशबाट होनहार युवा शक्ति मात्र होइन राष्ट्रको ढुकुटी समेत विदेशिनबाट रोकिने विश्वास सिमखडाको रहेको छ ।

“पढ्दै कमाउदै कार्यक्रम” कार्यक्रमबारे जानकारी, सुझाब र आवश्यक कानूनी लगायत ब्यबहारिक बिषयहरुमा छलफल गर्न गैरआवासीय नेपाली संघले अगामि आइतवार एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चुयल प्रबिधी (जुम) मार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्नो विचार र सुझाव दिन संघले आग्रह गरेको छ । कार्यक्रममा सरकारका उच्चपदस्तअधिकारी सहित नवनिर्वाचित सांसदहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।