१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा १४ पुरुष र २ जना महिला गरी १६ जना नेपाली कोमामा

नेपालब्रिटेन डट कम्
२७ पुष २०७९, बुधबार ०५:१४

लण्डन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार १४ जना पुरुष र २ जना महिला गरी १६ जना नेपाली विभिन्न देशको अस्पतालको कोमामा छन् ।

विदेशको जेलमा रहेकाहरु पनि स्वदेश फर्किन पाउने र नपाउने टुंगो छैन । उनीहरुलाई कानुनी लडाइँ लड्न सघाउने सरकारी नीति छ, तर सरकारले पर्याप्त रकम खर्च गर्न नमान्दा विदेशमा जेलमा रहेका नेपालीले मुद्दा लडिदिने वकिल पनि भेट्न सकेका छैनन् ।

विदेशका जेलमा करिब ७०० नेपाली रहेको रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयलाई थाहा छ । तीमध्ये एक तिहाई त युनाइटेड अरब इमिरेट्स ९यूएई० कै जेलमा छन् ।

विदेशमा रोजगारीका लागि गएका नेपालीहरु हराउने समस्या पनि उत्तिकै छ । वैदेशिक रोजगार बोर्डका अनुसार २०२१ र २२ सम्म ३७९ पुरुष र ३१ महिला गरी ४१० जना नेपालीहरु बेपत्ता भएका छन् ।

श्रमिक अलपत्र पर्ने समस्या अब मलेसिया र खाडी देशमा मात्रै छैन, युरोप र अमेरिकामा आकर्षक तलबसहित जागिर लगाइदिने भन्दै अफ्रिकी मुलुक पुर्‍याएर अलपत्र पार्ने क्रम पनि बढेको छ ।

यही समस्या बढेपछि २२ पुसमा दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली दूतावासले झुटो प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका नआउन ‘ट्राभल एडभाइजरी’ नै जारी गरेको छ ।