१३ बैशाख २०८१, बिहीबार
Follow Us

Breaking : सन्दीप लामिछाने धरौटीमा रिहा

नेपालब्रिटेन डट कम्
२८ पुष २०७९, बिहीबार १३:१४

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो ।