८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए चीनले जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

नेपालब्रिटेन डट कम्
२८ पुष २०७९, बिहीबार १३:३६

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका जेष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

बुधबार दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना जेष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

जेष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागी विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका जेष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा
उपाध्यक्ष निर्मल चौलागाईं, महासचिब यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाल लगाएतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसिसि वान प्रोजेक्ट’ अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।