७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘भूगोल अनि भावनालाई’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२८ पुष २०७९, बिहीबार १९:०९

काठमाण्डौं । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक गरेको छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको महिमा, भिजन र मिसनलाइ कलात्मक ढंगले प्रस्तुत गरिएको यो गान बुधवार नेपालमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

प्रकाश अर्यालको शब्द रचनामा संगीतकार दीपक रमणद्वारा संगीतबद्ध यस गानमा रोजी श्रेष्ठ तथा कमल भट्टराईले स्वरबद्ध गर्नुभएको छ भने नवदित गायिका द्वय गृष्मा संग्रौला र आकांक्षा घिमिरेको सह गायन रहेको छ ।

बरिष्ठ संगीत संयोजक सञ्जय हमालले संगीत संयोजन गर्नुभएको उक्त गानमा कुशल ध्वनि सम्पादक विषन मानन्धरको ध्वनि मिश्रण रहेको छ ।

बुधवारको सार्वजनिक समारोहमा देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरे, बुद्धि विश्वकर्मा, संस्थागत गानका शब्द रचनाकार प्रकाश अर्याल, संगीतकार दीपक रमणसहित गानमा योगदान गर्नुहुने सम्पूर्ण कलाकार एवम् सुवेछुकहरुको उपस्थिति रहेको थियो ।

सार्वजनिक समारोहमा बोल्दै अध्यक्ष घिमिरेले यो गानले शिर्षक जस्तै भूगोल र भावनालाई जोड्न सहयोग गर्ने बताउँदै यो गान विश्वभरी नै फैलिने बताउनु भयो । उहाँले संस्थाको गान बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सबैको मित्रता बढ्दै जाने बताउनु भयो ।

उक्त समारोहमा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले संस्थागत गानका शब्द रचनाकार प्रकाश अर्याल, संगीतकार दीपक रमणसहित गानमा योगदान गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई सम्मानपत्र प्रदान गरेको थियो ।

संस्थाको गान सार्वजनिक भएसँगै एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनका अध्यक्ष माधव मरासिनीले एक विज्ञप्ति जारी गर्दै संस्थागत गानको सार्वजनिकीकरण समारोहमा सम्बद्ध सम्पूर्ण व्यक्तित्वहरूसहित यो परियोजनामा योगदान गर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।

संस्थाको गान सार्वजनिक भएसँगै संस्थाको हरेक कार्यक्रमको सुरुवात यही गानबाट हुने भएको छ । उक्त गान संस्थाको युटुब च्यानल एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनबाट हेर्न सकिन्छ ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।