पिटरवोरो नेपाली समाजले आफ्नै व्यवस्थापनमा संचालित स्थानीय कम्युनिटि हलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष हरिहर भट्टराईले फुटबल र करांतेमा सहभागि सबैलाई नाम अंकित मेडल र उत्क्रिस्ट हुनेहरूलाई ट्रफी प्रदान गर्नुभएको थियोे। फुटवलको व्यवस्थापनमा सहयोग गर्ने समाजका पूर्व अध्यक्ष महेश अधिकारी र समाजको कार्यसमितिका सदस्य लव शर्मा तथा कृकेटको संयोजन गरिरहेका कार्यसमिति सदस्य सचिन भट्टराई र करांते प्रशिक्षक सुरेस वैध्यलाई पनि समाजका अध्यक्ष हरिहर भट्टराईले सम्मान स्वरूप ट्रफी प्रदान गर्नु भएको थियो ।

करिव ४० जना बालबालिका अहिले पिटरवोरो नेपाली समाजले आयोजना गरेको Sport Event मा सहभागि छन् । अभिभावकको समेत सहभागिता भएको कार्यक्रममा बालबालिकाले करांते र नृत समेत प्रस्तुत गरेका थिए । साथै समाजले सबैको लागि चियापान र खानपिनको व्यवस्था गरेको थियो।

गतवर्षको Young Karate Player of the year 2022 को ट्रोफि नोएल पौडेल Young Football Player of the year 2022 को ट्रोफि दिबेश बस्याल Nought & Crosses Champion को ट्रोफी अशिन घिमिरे तथा Group Quiz winner को उपाधी टीम काठमाडौले प्राप्त गरेका थिए । कार्यक्रमको संयोजन तथा संचालन लव शर्मा ले गर्नुभएको थियो भने कार्यक्रम संयोजनमा सहयोग गर्ने कार्य समाजका महासचिव कृष्ण लुइँटेलले गर्नुभएको थियो।

कार्यक्रममा समाजका भुतपुर्व अध्यक्षहरु किरण कार्की र केशब भण्डारीका साथै सहभागी बालबालिकाका अभिभावकहरूको लगायत समाज सदस्यहरूको पनि समेत सहभागिता रहेको थियो।

पिटरवोरो नेपाली समाजले हरेक वर्ष नेशनल लोटरी बाट प्राप्त च्यारिटी सहयोगबाट विशेष गरी समाजका बालबालिका र युवाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलाप गर्दै आएको छ।

कोभिड महामरी सुरूहुनु भन्दा आगाडि नेपाली कक्षा संचालन गरेको समाजले गत जुन देखि बालबालिकाको लागि करांते र फुटबल एवं युवाहरूको लागि फुटबल र क्रिकेट संचालन गर्दै आएको छ।