१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतको जेलमा ५३ नेपाली !

नेपालब्रिटेन डट कम्
२ माघ २०७९, सोमबार १९:४९


निर्मल घिमिरे ।

नेपाल भारतको सीमावर्ती बहराईज जिल्लामा रहेको जेलमा ५३ नेपाली जेल जिवन विताइरहेका पाइएको छ।

बहाईज जेलमा रहेका नेपालीको मुद्दाहरु मध्ये दुई तिहाई बढि मुद्दा विचाराधिन रहेको खुलेको छ। मानव वेच विखन ,गाजाँ,चरेश बोक्ने भरिया र सामान्य अपराधमा नेपाली भारतीय जेल पुगेको भारतीय स्रोतले जनाएको छ।

भारतीय जेल पर्ने मध्य अधिकांश पहाडी क्षेत्रका नेपाली हुन्। भारतको बहराईज जेलमा रहेका अधिकांश रुकुम जिल्लाका रहेका छन्। बाँके,बर्दिया,दैलेख,सुर्खेत,दाङ,कैलालीका अरु कैदी बन्दी भारतको बहराईज जिल्लामा रहेको रर्कडले देखाउँछ। त्यसमध्ये ७ जना महिला छन्।

भारतीय जेलमा अदालतले फैसला सुनाएका कैदी भन्दा अनुसन्धानका लागि थुनिएका नेपाली धेरै छन्। अधिकांश नेपालीले आफन्त जेल परेको सुचना समेत नपाउँदा जेल बस्न बाध्य भएको स्रोत बताउँछन। ‘घरमा काम गर्न भारत जान्छु भन्ने हरु जेल पुगेका छन्’ उनले भने,‘तर,घरमा कसैलाई थाहा छैन,अदालतको प्रक्रियामा विचाराधिन अबस्थामा मुद्दा छन्।’

कानुनी उपचारको लागि सम्र्पकमा नआएका कारण नेपाली कैदीको काररागारमा भिँड बढेको भारतीय पक्षको भनाइ छ।

‘सामान्य अपराध गर्ने पनि जेलमा छन्’ एक भारतीय प्रहरीले भने,‘कानुनी उपचार नपाउँदा लामो समय सम्म जेलमा बस्ने नेपाली धेरै छन्।’ फैसला भएर कैद भुक्तानी गर्ने संख्या न्यून रहेको उनले जानकारी दिए। नेपालीकै कारण बहराईज जस्ता सीमावर्ती जिल्लाका जेलमा चाप बढेको समेत उनले खुलाए। पछिल्लो समय भारतीय जेलमा पुग्ने नेपालीका संख्या संकलन गर्न नेपाल प्रहरीले सुरु गरेको छ। बहराईज स्थित जेलमा के कति कारणले जेल बसेका कैदी बन्दीको बारेमा सुष्म अध्यन गरेको नेपाल प्रहरीका एसपी विरेन्द्र बहादुर शाहीले बताए। ‘अपराध गर्ने जेल बस्नु नै पर्यो’ उनी भन्छन,‘सामान्य घटनामा अनुसन्धानका परेका नेपाली कानुनी उपचार नपाउँदा जेल जिवन विताउँनु दुखद कुरा हो।’ नेपाल भारतको सीमावर्ती क्षेत्रमा त्यस्ता कैदी बन्दी रहेको वास्तविक कुरा खुलाउँन समेत भारतीय पक्षसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

भारतको बहराइच जेलमा नेपाली महिलाहरुका आफन्ती सम्पर्कमा नआउदा बोझ भएर बसेका छन्। लागूऔंषध चरेस बोकेर भारत जाँदा पक्राउ परेका केहि नेपाली महिलालाई जरिवाना जुटाएर घर पठाइदिन चाहे पनि बुझिलिने आफन्ती नै सम्पर्कमा नआउने गरेको भारतीय पक्षको भनाइ छ। कारागारमा क्षमताभन्दा बढी बन्दी हुदै जादा न्यूनतम जरिवाना तोकिएकाहरु पनि बाहिर नजाँदा जेल प्रशासनलाई समस्या परिरहे को छ।

५ र ६ नम्बर प्रदेशको पहाडी जिल्लामा उत्पादन हुने चरेस खुला सीमाको फाइदा उठाउँदै भारत पुराउँने गर्छन। नाका पार गराउन तस्करले महिलालाई प्रयोग गर्छन। नेपालीहरु त्यता पुग्ने र भारतीयहरु यता आउने चलिरहेको छ। पहाडी जिल्लामा उत्पादन हुने चरेसको बजार भारत नै हो। उताबाट पनि ब्राउनसुगर, नाइट्रोजेपाम, नाइट्राभेट जस्ता लागु औषधमा ल्याउँने विरुद्ध रोक्न बर्दिया प्रहरीले अभियान चलाएको छ। भारतबाट भित्रने लागुऔषधको बजार पहुँच सीमावर्तीमा रहेका खुला सीमा बजार हुन।