८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्रमन्त्री बन्न लागेकी डा.विमला पौडेल राई को हुन् ?

नेपालब्रिटेन डट कम्
३ माघ २०७९, मंगलवार ०५:३६

काठमाडौं । नेदरल्याण्डको इन्टरनेशल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट पिएचडी गरेकी डा.विमला पौडेल राई परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । सत्तारुढ दलहरुबीच सोमबार राति भएको मन्त्रालय बाँडफाँडमा परराष्ट्र मन्त्रालयसहित ८ मन्त्रालय नेकपा एमालेको भागमा परेका थिए ।

नेपालको कुटनीति क्षेत्र विज्ञ मन्त्री नभएका कारण बरालिएको भन्दैं आलोचना भइरहेका बेला एमालेको परराष्ट्र मन्त्रालयमा विज्ञ मन्त्री पठाउन लागेको हो । एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी डा.विमलाले राष्ट्रिय योजना आयोगमा पनि काम गरिसकेकी छन् ।

उनीसँग विकास साझेदार संस्थाहरुमा पनि लामो समय काम गरेको अनुभव छ । उनले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी) मा प्रोग्राम म्यानेजमेन्ट स्पेशलिष्टका रुपमा काम गरेकी छन् । यसैगरी, डिएफआईडीको लाइभलीवुड र फरेष्ट्री प्रोग्राम, एक्सन एडलगायतका संस्थामा काम गरेका अुनभव पनि उनीसँग छ ।

आईएएएस रामपुरमा पढेकी उनले माष्टर्स पोष्ट ग्राजुयसन डिप्लोमा भने डेभलपमेन्ट एडमिनिष्ट्रेसनमा म्यानचेष्टर युनिभर्सिटीबाट गरेकी हुन् । पिएचडी भने डेभलपमेन्ट स्टडीजमा इन्स्च्यिुट अफ सोलेस स्टडी (आइएसएस) नेदरल्याण्डबाट गरेकी हुन् ।