१५ चैत्र २०८०, बिहीबार
Follow Us

ब्राजिलियन मिडफिल्डर डानिलो फरेस्टमा

नेपालब्रिटेन संवाददाता
३ माघ २०७९, मंगलवार ०६:०२

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले ब्राजिलियन मिडफिल्डर डानिलोलाई अनुबन्ध गरेको छ । फरेस्टले मिडफिल्डर डानिलोलाई ब्राजिलियन क्लब पाल्मेरसबाट अनुबन्ध गरेको हो।

डानिलोले फरेस्टसँग साढे ६ वर्षको सम्झौता गरेका छन् । २१ वर्षीय मिडफिल्डर २०२९ सम्म फरेस्टमा रहने छन् । युवा मिडफिल्डरले फरेस्टका लागि सबिखाले प्रतियोगितामा कुल १ सय ४१ खेल खेलेका थिए । उनले फरेस्टमा २८ नम्बरको जर्सी लगाउने छन् ।