८ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपालीका मागप्रति सकारात्मक छौँ : उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देन

नेपालब्रिटेन डट कम्
४ माघ २०७९, बुधबार १३:५२

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं उर्जा तथा सिँचाईमन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा उपप्रधान मन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री लिङ्देन लाई ज्ञापन पत्र बुझाएको हो ।

भेटका क्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापा, अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा संघले लामो समयदेखि उठाउँदै आएका माग पूरा गर्न मन्त्री लिङ्देनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा मन्त्री लिङ्देनले गैरआवासीय नेपालीका मागप्रति सकारात्मक रहेको भन्दै तिनलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपालको उर्जा आर्थिक तथा अन्य सबै क्षेत्रमा पनि गैरआवासीय नेपालीलाई सहभागी गराउँदै अघि बढ्ने उहाँको भनाई थियो ।

भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ, सचिव खगेन्द्र न्यौपाने, प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।