१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकताको मुद्दा टुंग्याउन संघद्धारा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आग्रह

नेपालब्रिटेन डट कम्
५ माघ २०७९, बिहीबार २३:०७

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयले राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटेर गैरआवासीय नेपाली नागरिकताको मुद्दा टुंग्याउन पहल गरिदिन आग्रह गर्नुभएको छ । यसअघि दुईपटकसम्म गैरआवासीय नेपाली नागरिकता समेतको प्रावधान भएको नागरिकता विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएकोप्रति धन्यवाद व्यक्त गर्दै कार्यकारी अध्यक्ष रबिना थापासहित अध्यक्षद्व डा बद्री केसी र कुल आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको मुद्दालाई यथाशक्य छिटो टुंगो लगाउने पहल गर्न आग्रह गर्नुभएको हो । यस्तै, भेटका क्रममा विभिन्न कारण असन्तुष्ट रहेका एनआरएनको समूहसँगको एकता सम्बन्धी समसामायिक विषयवस्तुमा पनि छलफल भएको छ ।

सो अवसरमा संविधानको धारा २९१ले विदेशमा रहेका नेपालीको मौलिक हक अधिकार नै कुण्ठित पार्नसक्ने भएकोले त्यसलाई हटाउन समेत अध्यक्षत्रयले तिमिल्सिनासँग आग्रह गर्नुभयो । अध्यक्षत्रयसँग कुराकानी गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एनआरएनएले उठाएका सम्बोधनका लागि आफ्नो तर्फबाट सम्पूर्ण सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।