१२ बैशाख २०८१, बुधबार
Follow Us

नाइजेरियामा नेपालीहरुद्वारा रक्तदान

नेपालब्रिटेन डट कम्
८ माघ २०७९, आईतवार १६:०१

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया, नेपाली रक्तदाता सङ्घ नाइजेरिया, केरला समाजम नाइजेरिया र रोटरी क्लब अब लेगोस पामग्रुभको संयुक्त आयोजनामा आज लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल, बिशाल रानाभाट, रमेश गुप्ता, सुरज गिरी, शंकर वर्मा, प्रशान्त चन्द लगाएत ५२ जनाले रक्तदान गरेको कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त संचार केन्द्रले गरेको थियो ।

रक्तदाताहरुलाई गैरआवासीय नेपाली सङ्घका पुर्व कोषाध्यक्ष हिक्मत थापा लगाएत अतिथिहरुले प्रमाणपत्र बितरण गर्नु भएको थियो । सङ्घको सहभागिताको लेगोसमा सम्पन्न यो छैठो रक्तदान कार्यक्रम हो ।